काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलको विकल्प राजसंस्था नभएको बताए । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले राजनीतिक दलको विकल्प राजनीतिक दलनै भएको बताए ।
उनले भने , “दलको विकल्पमा राजसंस्थालाई लिन सकिँदैन ।” जनताले कहिले कुन पार्टीलाई ठूलो त कहिले कुनलाई ठूलो दल बनाउने गरेको भन्दै उहाँले राप्रपा नेपाल सक्रिय राजतन्त्रको पक्षमा नरहेको बताए ।
उनले भने , “हामी सक्रिय राजतन्त्रको पक्षमा छैनौँ ।” हिन्दू राज्यको पक्षमा रहेको बताउँदै उहाँले निर्मल निवासले चाहेजस्तो सहज अबको समयमा नरहेको बताए ।
थापाले विगतमा आफूले राजसंस्थाका लागि गरेका कामप्रति कुनै पश्चाताप नभएको बताए । उनले भने , “अझै पनि राजसंस्थाप्रति आफ्नो उच्च सम्मान रहेको छ ।” नेपाल एकीकरण, प्रजातन्त्र स्थापना र देश सुदृढीकरणमा राजसंस्थाको उच्च योगदान रहेको उनको भनाइ थियो ।
आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमालेसँग सहकार्य हुनसक्ने सम्भावना रहेको बताए । राष्ट्रियतासँगको सवालमा एमालेसँग निकट भएको भन्दै उनले भने , “सम्भव भएसम्म एमालेसँग सहकार्य गरेर जाने प्रयास हुनेछ ।” स्थानीय तहको चुनावबाट राप्रपा नेपालले खुट्टा टेक्ने अवस्थामा पार्टीलाई बलियो पार्ने उहाँले दाबी गरे ।
राजनीतिक दलहरुबीचमा गठबन्धन, सहकार्य संविधानले नै अपेक्षा गरेकाले चुनावी तालमेल हुनु स्वाभाविक रहेको उहाँको भनाइ थियो । उनले भने, “चुनावमा जित्नका लागि तालमेल हुनु स्वाभाविकनै हो”, ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १५ चैत्र २०७८, १९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट बढ्ने छ: कमल थापा
व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गरे देशमा आगो बल्छ: कमल थापा
तोडफोड र आगजनी निन्दनीय : कमल थापा
कमल थापाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
कमल थापाले बोलाए पदाधिकारी बैठक
बाबुरामको हतास मानसिकता उदाङ्गो भयो : कमल थापा