काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुल आचार्यले संघभित्र अब कुनै पनि विवाद नरहेको दाबी गरेका छन्। सोमबार सचिवालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा उनले संघभित्रको विवाद सकिसकेको बताएका हुन्। एनआरएनए लिने नभई दिने ठाउँ भएको बताउँदै आचार्यले भने, ‘झै–झगडा हामीले सिद्ध्यायौँ। अब केही बाँकी छैन। त्यतातिर नजाउँ।’
आचार्यले विगतको तिक्तता बिर्सेर एक हुँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। तीन अध्यक्षले एनआरएनएलाई थप बलियो बनाउने उनको भनाइ छ। ‘हामी सबै बसेर सँगै काम गर्दा मज्जा आउँछ,’ आचार्यले भने, ‘संघलाई राम्रो र हाम्रो बनाउन एउटा दिदी, दुई भाइ भएर काम गर्नेछौँ।’ संघभित्र आइपर्ने चुनौतीलाई समधान गर्न तीनै अध्यक्ष एक भएर अघि बढ्ने आचार्यले बताए।
नयाँ निर्वाचित टोलीलाई मजबुत बनाएर रचनात्मक काम गरिने आचार्यको दावी छ। नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पशुपति क्षेत्रमा एक सय कोठाको वृद्धाश्रम बनाउने निर्णय गरेको छ। आचार्यले नै नेपाल सरकार तथा पशुपति क्षेत्र विकास कोषसँग सहकार्य गरी वृद्धाश्रम बनाउन प्रस्ताव राखेका थिए। ‘जहाँ चुनौती हुन्छा त्यहाँ अवसर पनि हुन्छ । पशुपति नाथको आशीर्वाद रहनेछ, यो परियोजना अवश्य सफल हुनेछ,’ आचार्यले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ चैत्र २०७८, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए
सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउला फैसला ?