जिल्ला समन्य समितिको पुरानो घरमा सर्ने तयारीमा यातयात कार्यालय ,आँपटाडीमा घर बनाउने कसरत गर्दै

प्रकाश सिग्देल

सोमबार, १४ चैत्र २०७८, १७ : २५
जिल्ला समन्य समितिको पुरानो घरमा सर्ने तयारीमा यातयात कार्यालय  ,आँपटाडीमा घर बनाउने कसरत गर्दै

चितवन । आफ्नै कार्यालय नहुँदा सेवा प्रवाहमा निकै समस्या भोग्दै आएको यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले जिल्ला समन्वय समितको पुरानो घरमा सर्ने तयारी गरेको छ । अबको तिन महिना भित्रमा कार्यालयको सबै व्यवस्थापन गरी सर्ने तयारी थालेको कार्यालयका निमित्त प्रमुख सुरेश चपागाईले बताए ।

जिल्ला प्रहरी कार्यालय अगाडीको चउरको छेउमा रहेको गंगाराम कलेजले भाडामा लिएको घर जिल्ला समन्वय समितीले खाली गरेपछी त्यही भवनमा यातायात कार्यालय सर्ने भएको हो ।कार्यालय र जिल्ला समन्वय समिति बिच प्रदेश श्रम रोजगार तथा यातयात मन्त्री घनश्याम दाहालको रोहवरमा सम्झौता भईसकेको र अब रंग रोगन र आन्तिरिक व्यवस्थापन गरेर त्यहाँ सर्ने तयारी भएको कार्यालयका निमित्त प्रमुख चपागाई बताउँछन् ।

त्यहाँ सरेपछि सबै सेवालाई व्यवस्थित र प्रभावकारी बनाएर सेवाग्राहीलाई छिटो र प्रभावकारी सेवा दिने गरी आन्तरिक पुर्वाधार निर्माण गरिने चपागाईले बताए ।कार्यालयमा सेवा विस्तार संगै सेवा साँघुरो भवन र पार्कीङं अभाबका कारण सेवा विस्तारमा असहजता भएकोले आफनौ भवन नबन्दा सम्म जिल्ला समन्वय समितिको भवनबाट सेवा दिईने चपागाईको भनाई छ ।

त्यहाँ ठुलो चउर र खाली जमिन भएकाले पार्कीङमा पनि सहजता हुने र सेवा प्रवाहमा पनि छिटो र छरितो हुने उनको दाबी छ ।कार्यालयका प्रमुख बिनोद पौडेल आफनै कार्यालय भवन निर्माण गर्ने जग्गाको प्रबन्ध गर्न मन्त्रालयमा जानु भएको र जग्गाको टुङ्गो लाग्ना साथ आँपटाडीमा आप्mनै भवन बन्ने पनि चपागाईले बताए ।

कार्यालयको सेवा सुधारमा आफुहरु निरन्तर लागेको र  मिल्ने र हुनेजति सेवालाई अनलाईन प्रणालीमा बिकास गर्न थालिएको चपागाई बताउँछन् ।लाइसेन्स नविकरणको सुविधा विस्तारसंगै भरतपुर कार्यालयले नेपालमानै पहिलो पटक अनलाईन टोकन प्रणालीको बिकास गरेको छ ।

भरतपुरमा यो प्रणालिको बिकास भएपछि सेवाग्राहीले घरमैबसी अनलाईन मार्फत आफनो अनुकुलको मिती र समय छनोट गरी सेवा लिन सकेका छन् । अनलाईनबाट सेवा प्रदान भएपछि समयको बचतसंगै कार्यालयमा भिडभाड नभएको र छिटो छरितो प्रभावकारी रुपमा सेवाग्राहीलाई सेवा दिन सहज भएको कार्यालयका सुचना अधिकारी गोबिन्द पौडेलले बताए । अहिले सेवाग्राहीले मोबाईलबाटनै अनलाईन टोकन लिएर सेवा लिन थालेका छन् ।

यातायात कार्यालयमा सवारी साधन सहित सवारी धनी कर तिर्न र नबिकरण गर्न आउने भएकाले सवारी पार्किङ गर्ने समेत ठाउँ नहुँदा यहाँ  सेवाग्राहीलाई असहज भएको छ।कार्यालयको आफनै भवन निर्माण गर्न र नयाँ लाईसन्स सहितको सेवा विस्तारका लागी ट्रायल सेन्टर बनाउँन पर्याप्त जग्गाको खोजि तिब्र पारिएको छ । भरतपुरको आँपटारी चोकमा रहेको सामुदायिक वनको खाली जग्गामा यातायातको ट्रायल सेन्टर सहितको आफ्नै भवन बनाउने भनेर प्रदेश सरकारले निर्णय गरेपनी संघिय सरकारले अनुमति नदिदा त्यो काम भएको छैन् ।  

प्रतिक्रिया दिनुहोस