कोरोना अपडेट : थप २१ जनामा संक्रमण पुष्टि, ३१९ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

सोमबार, १४ चैत्र २०७८, १६ : ३१
कोरोना अपडेट : थप २१ जनामा संक्रमण पुष्टि, ३१९ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ५ हजार १५२ पीसीआर परीक्षणमा १५ जना र १ हजार १५७ एन्टीजेन परीक्षणमा ६ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज कोरोना संक्रमणबाट थप व्यक्तिको मृत्यु भएको खबर छैन भने ३१९ जना संक्रमणमुक्त भएका छन् ।  हाल मुलुकमा सक्रिय संक्रमितको संख्या १ हजार २५४ रहेको छ ।