अमेरिकी विदेशमन्त्रीसँग इजरायली प्रधानमन्त्री मास्कबिना बोलेपछि...

एजेन्सी

सोमबार, १४ चैत्र २०७८, १४ : २२
अमेरिकी विदेशमन्त्रीसँग इजरायली प्रधानमन्त्री मास्कबिना बोलेपछि...

जेरुसेलम । इजरायली प्रधानमन्त्री नाफताली बेन्नेटलाई कोभिड पोजेटिभ भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनलाई भेट गरेपछि प्रधानमन्त्री बेन्नेटलाई कोभिड पोेजेटिभ देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ । 

प्रधानमन्त्री बेन्नेटले विदेशमन्त्री ब्लिनकेनलाई आइतबार जेरुसेलममा भेट गरेका थिए । इजरायल र अरबका कूटनीतिज्ञहरुको एतिहासिक सम्मेलनको एउटा साइडलाइन वार्तामा दुई नेताबीच भेटवार्ता भएको थियो । वार्तामा दुबै नेता मास्क नलगाइ छलफलमा बसेका थिए । 

बेन्नटले राम्रो महसुस गरिरहेको र आफ्नो घरबाट योजनाअनुसार काम गरिरहेको उनको कार्यालयले जारी विज्ञप्तिमा भनिएको छ ।  यसैबीच, विदेशमन्त्री ब्लिनकेनले पनि कोभिड परीक्षण गर्ने भएका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले सो जानाकारी दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस