तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयारः राष्ट्रपति जेलेन्स्की

एजेन्सी

सोमबार, १४ चैत्र २०७८, ०९ : ५३
तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयारः राष्ट्रपति जेलेन्स्की

किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन शान्ति सम्झौताको एउटा अंशको रूपमा तटस्थ हैसियत कायम गर्ने विषयमा छलफल गर्न तयार रहेको बताएका छन् ।

तर, त्यसका लागि जनमत संग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षबाट हुनुपर्ने उनको भनाई छ । स्वतन्त्र रुसी पत्रकारहरुसँगको अन्तवार्तामा उनले सो भनाई राखेका हुन् । अन्तवार्ताको समयमा उनले रुसी भाषामा सम्बोधन गरेका थिए । 

युक्रेन र रुसबीचको अर्को चरणको वार्ता यसै साता टर्कीमा हुने भएको छ । यसअघि रुस र युक्रेनबीच विभिन्न चरणमा भएका वार्ता बिनानिस्कर्ष टुंगिएका थिए ।

यसैबीच, युक्रेनको सैन्य गुप्तचर निकायका प्रमुख काइरयलो बुदनोभले रुसले ‘युक्रेनमा उत्तर र दक्षिण कोरिया’ सृजना गर्न लागेको आरोप लगाएका छन् । 

 

प्रतिक्रिया दिनुहोस