सेनाले माग्यो पाइलट उपसेनानीसहित १९४ कर्मचारी

सफल खबर संवाददाता

सोमबार, १४ चैत्र २०७८, ०८ : ४२
सेनाले माग्यो पाइलट उपसेनानीसहित १९४ कर्मचारी

काठमाडौं । नेपाली सेनाले लाेकसेवा आयाेगकाे सहमतिमा ठूलाे संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेकाे छ ।

सेनाले लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा १९४ कर्मचारी माग गरेको हाे ।

सेनाले लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग भएको छ । त्यस्तै, प्राड उपसेनानी र पाइलट उपसेनानी चार-चार जना  माग गरिएकाे छ ।

पुरुषका हकमा १८ वर्ष पूरा भई २९ वर्ष ननाघेका र महिलाकाे हकमा ३० वर्ष ननाघेका उम्मेदवारले १३ वैशाखसम्म दरखास्त दिन सक्नेछन् ।

विज्ञापनकाे पूर्ण विवरण आजकाे गाेरखापत्रमा प्रकाशित छ ।