टोले गुण्डा शैलीमा बिज्ञापन करका नाममा व्यवसायीलाई आतंकित बनाईदै, सेन्ट्रल कलेज भित्र पसेर फल्याक्स च्यात्नेलाई किन भएन कारवाही ?

प्रकाश सिग्देल

आइतबार, १३ चैत्र २०७८, १४ : ३३
टोले गुण्डा शैलीमा बिज्ञापन करका नाममा व्यवसायीलाई आतंकित बनाईदै, सेन्ट्रल कलेज भित्र पसेर फल्याक्स च्यात्नेलाई किन भएन कारवाही ?

चितवन । टोले गुण्डा शैलीमा ठेकेदारले बजारमा बिज्ञापनकर उठाउन थालेको भन्दै व्यवसायीहरुले चर्को बिरोद्द जनाएका छन् ।बिज्ञापन करको नाममा बजारमा ठेकेदारहरुले ब्यवसायीलाई आतंकित पार्ने कार्यालय भित्रै पसेर  फल्याक्स बोडहरु च्यात्ने र अभद्र ब्यवहार गर्न थालेपछी व्यवसायीक संघ संगठनले तिब्र बिरोद्द जनाएका हुन् ।

भरतपुर महानगरले आर्थिक वर्ष ७८÷७९ देखी २०८१ सम्म ३ वर्षका लागि १ करोेड ७५ लाखमा प्रनिस कन्टक्सनलाई बिज्ञापन कर उठाउने जिम्मा दिएको थियो ।करका नाममा व्यवसायीलाई दुख दिने महानगरको नियत नहुँदा नहुदै पनि ठेकेदारले महानगरको नाम लिएर महानगरका जनप्रतिनिधिकोनै बेईजत हुने गरी बजारमा व्यवसायीलाई आतंकित बनाउन थालेको व्यवसायीहरुले बताए । केहि दिन अघि प्रनिस कन्टक्सनका केही युवाहरुले सेन्ट्रल कलेज नारायणगढमा पुगेर कार्यालय भित्रका फल्याक्स च्यातेर फालेर कर्मचारी लाई अभ्रद ब्यवहार गरेको कलेज प्रशासन बताउँछ ।

सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रा लीका प्रिन्सिपल यज्ञविलास (वाई बी ) पौडेलले कलेजभित्र पसेर ब्यानर च्यात्नेलाई हदै सम्मको कारवाही गरी आफुलाई क्षतिपूर्ती दिलाउन माग गरेका छन् । कलेजको बदनाम गर्ने गरी दादागिरी शैलीमा कार्यालय भित्र छिरेर बोर्डहरु च्यातेर फाल्ने काम भएकाले तिनिहरुलाई कारवाहीको माग गर्दै महानगरमा आफुले उजुरी गरेको पौडेलले बताए ।

अहिलेको समयमा पनि टोले गुन्डा शैलिमा दिन दहाडै बजारमा व्यवसायीलाई आतंकित पार्ने काम हुन थालेको भन्दै व्यवसायीहरुले तिब्र बिरोद्द जनाएका छन् ।बजारमा करका नाममा ज्याजति बढेपछी उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ र चेम्बर अफ कर्मस चितवनले शुक्रबार नै एक विज्ञप्ति जारी गरी आफ्नो व्यवसायको परिचय गराउने प्रयोजनले राखिएको जुनसुकै बोर्डको कर नतिर्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।

व्यवसायको परिचय गराउने जुनसुकै प्रकृतिको होर्डिङ बोर्ड, लाइट बोर्ड र डिजिटल डिस्प्ले बोर्डको कर तिर्न नपर्ने महानगरको राजस्व परामर्श समितिको बैठकले नै निर्णय गरेकाले कुनै पनि शुल्न नतिर्न संगठनहरुले भनेका छन् ।

सामान्य पान पसलबाट पनि विज्ञापन करका नाममा ठेकेदारले रकम असुली गर्न थालेको र बिशेषगरी कन्सल्टेन्सी व्यवसायीहरुलाई त लाखौ रुपैया समेत करका नाममा ठेकेदारले उठाउन थालेको व्यवसायीहरुले गुनासो गरे । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले कर राज्यका निकायले उठाउने पर्ने र ठेकेदार लगाएर उठाउँन नहुने बताए । आफुहरु यो ज्याजतिका बिरुद्ध महानगरमा पटक पटक छलफलमा बसेको बताए ।  आफुहरु कर तिर्न तयार रहेको तर व्यवसायीको परिचय खुल्ने पसल माथि राखेका बोर्डको पनि बिज्ञापन करका नाममा हजारौ रुपैया उठाउने काम भएकाले आफुहरु त्यो मान्न तयार नभएको बताए  ।  

भरतपुर महानगरका कर शाखाका अधिकृत जयराम भण्डारीले अहिले ठेक्का पाएको ठेकेदारले केही कुरा नबुझेर करको मापदण्डमा नपरेका बोर्डको पनि कर उठाएको भन्ने गुनासो बजारमा आएको र र्दुब्यवहार गरेको भन्ने समेत सुन्न आएकाले व्यवसायीलाई आतंकित नपार्न निर्देशन गरिएको बताए । उद्योग वाणिज्य संघका प्रतिनिधी, च्याम्बर अफ कर्मसका प्रतिनिधी, जिल्ला ट्राफिक प्रहरी प्रमुख, महानगरको राजस्व शाखा प्रमुख सहितको टिमले बिज्ञापन कर सम्बन्धमा तयार पारेको अध्ययन प्रतिवेदनमा समावेश भएको दर रेटका आधारमा कर लिइएको बताउँदै तिर्न पर्ने कर तिर्न र नपर्ने कर नतिर्न आग्रह गरे ।  पसलका अगाडी राखिएको ४ बाई ५ साईजका बोर्डको शुल्क नलाग्ने बताए । थप के गर्न सकिन्छ सर सल्लाह गरिएको उनि बताउँछन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस