काठमाडौं । नेपालका मध्यक्रमका ब्याटर रोहित कुमार पौडेलले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रोहितले ९१ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् । रोहितको यो पहिलो एकदिवसीय शतकसमेत हो । रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बने ।
यसअघि पारस खड्काले सन् २०१९ मा संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध शतक प्रहार गरेका थिए । यसअघि एकदिवसीय खेलमा रोहितले पाँचौँ अर्धशतक पूरा गरेका थिए ।
रोहितले नेपालबाट एक दिवसीय शृंखलामा सर्वाधिक अर्धशतकको कीर्तिमान रचेका हुन् । उनले यसअघि ज्ञानेन्द्र मल्लको नाममा रहेको चार अर्धशतकको कीर्तिमानसँग बराबरी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ चैत्र २०७८, १६ : ४७
लेखकबाट थप