चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : यस्तो छ तीन दिने कार्यक्रम तालिका

सफल खबर संवाददाता

शुक्रबार, ११ चैत्र २०७८, १५ : ०३
चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : यस्तो छ तीन दिने कार्यक्रम तालिका

काठमाडौं । चिनियाँ विदेशमन्त्री आज दिउँसो काठमाडौं आउँदैछन्। उनी निर्धारित समय भन्दा दुई घण्टा अगाडि नै काठमाडौं अवतरण गर्न लागेका हुन्। उनी बत्तीसपुतलीस्थित होटेल द्वारिकाजमा बस्नेछन्। आज उनले दूतावासका कर्मचारीसँग मात्रै छलफल गर्ने कार्यक्रम छ। भोलि विहानबाट मात्रै उनले औपचारिक भेटघाट गर्ने सेड्यूल तय भएको परराष्ट्रमन्त्रालयले जनाएको छ।

शनिबार बिहान उनी शिवपुरी हाइकिङ गर्नेछन् । स्रोतका अनुसार विहान ६स्३० मा उनको हाइकिङ सुरु हुनेछ।  शनिबार हाइकिङबाट फर्केपछि नेपाली समकक्षी डा। नारायण खड्कासँग भेटघाट गर्ने कार्यक्रम छ। सोही अवसरमा द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर हुनेछ। शनिबार नै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्ने छन्।

आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटघाट गर्ने र सोही दिन स्वदेश फर्कने उनको सेड्यूल छ।
 

प्रतिक्रिया दिनुहोस