लमजुङ । लमजुङको बेसीशहर नगरपालिका १० खासुरबेँसीमा खाना पकाउने एलपी ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा २९ वर्षीय नवीन गुरुङ रहेका छन् । आगो निभाउन खोज्दा नवीनको दुवै हात र खुट्टाका साथै पेटमा आगोले पोलेको छ ।
आइतबहादुर गुरुङको घरमा बसेका चंखबहादुर गुरुङले पछाडि टिनले छाएको भान्साकोठामा खाना बनाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा गुरुङ घाइते भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।
घाइते गुरुङलाई जिल्ला अस्पताल लमजुङमा उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल काठमाडौं रिफर गरिएको छ । आगलागीबाट २५ हजार रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ चैत्र २०७८, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा एलपी ग्यासको मूल्य फेरि बढ्यो
भारतमा कमर्सियल ग्यास सिलिन्डरको मूल्यवृद्धि
आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै