एक लाख धरौटीमा छुटे पलका म्यानेजर जोशी

सफल खबर संवाददाता

विहीबार, १० चैत्र २०७८, १९ : ४३
एक लाख धरौटीमा छुटे पलका म्यानेजर जोशी

काठमाडौं । नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाहका म्यानेजर कृष्ण जोशी एक लाख धरौटीमा रिहा भएका छन् ।

बिहिबार तनहुँ जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले जोशीलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो । 

जोशीले मतियारको भूमिका खेलेको आरोपमा मुख्य कसुरदारको आधा सजायको मागदाबी गर्दै मुद्दा दायर भएको थियो । 

 

 

प्रतिक्रिया दिनुहोस