कोरोना अपडेट: थप ३८ जनामा संक्रमण पुष्टि, २६९ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

बुधबार, ०९ चैत्र २०७८, १६ : ३३
कोरोना अपडेट: थप ३८ जनामा संक्रमण पुष्टि, २६९ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३९६ जनामा परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

त्यस्तै, आज कोरोना संक्रमणबाट थप व्यक्तिको मृत्यु भएको खबर छैन भने २६९ जना संक्रमणमुक्त भएका छन् ।