ताइवानमा शक्तिशाली भूकम्प

एजेन्सी

बुधबार, ०९ चैत्र २०७८, १५ : १९
ताइवानमा शक्तिशाली भूकम्प

ताइवान  । ताइवानमा ६.६ म्याग्‍निच्यूडको भूकम्प गएको छ ताइवानको ताइतुङ काउन्टीमा बुधबार बिहान १ः ४१ मा ६.६ म्याग्‍निच्यूडको भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्र (सीईएनसी)  ले जनाएको छ । २० किलोमिटर गहिराइमा रहेको उक्त केन्द्रबिन्दु २३.४५ डिग्री उत्तर अक्षांश र १२१.५५ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ ।

ताइवानको मौसम विज्ञान एजेन्सीका अनुसार बुधबार बिहान पूर्वी ताइवानमा भूकम्पको शृंखलाका कारण टापुभरि भूकम्पको धक्का महसुस गरिएको थियो । हालसम्म यस भूकम्पको ताइतुङ काउन्टीमा एक जना सामान्य घाइते भएका मात्र समाचार  प्राप्त भएको छ । भूकम्पका धक्काहरुका कारण विद्युत अवरुद्ध भएको जनाइएको छ । 

प्रभावित क्षेत्रहरू, र हुआलिन काउन्टीमा एउटा पुल भत्किएको ताइवानका स्थानीय अग्नि नियन्त्रक  अधिकारीहरुले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस