मधेसका तीन जिल्लामा कोरोना शून्य

सफल खबर संवाददाता

बुधबार, ०९ चैत्र २०७८, ११ : ०३
मधेसका तीन जिल्लामा कोरोना शून्य

काठमाडौं । मधेस प्रदेशमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ। मधेसका तीन जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।मधेसको सप्तरी, सर्लाही र रौतहटमा कोरोना सक्रिय संक्रमितको संख्या शून्यमा झरेको निर्देशक विजयकुमार झाले जानकारी दिए।

मधेसमा हाल १४३ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन्। जसअनुसार पर्सामा सबैभन्दा बढी ७५ जना सक्रिय संक्रमित रहेका छन्।
त्यस्तै धनुषामा ३५, बारामा २८, महोत्तरीमा ४ र सिरहामा १ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। प्रदेशमा रहेको सबै संक्रमित होम आइसोलेशनमै रहेको निर्देशनालयले जनाएको छ।

मधेसमा पहिलो, दोस्रो र तेस्रो लहरमा ४१ हजार ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ४० हजार १९२ जना निको भएका छन्। एक हजार ६२ जना संक्रमितले ज्यान गुमाएको निर्देशक झाले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस