चिकित्सा शिक्षा आयोगको निर्देशन : तीन दिनभित्र शैक्षिक कार्यक्रमको विवरण पेश गर्नू

सफल खबर संवाददाता

मंगलबार, ०८ चैत्र २०७८, १७ : ०५
चिकित्सा शिक्षा आयोगको निर्देशन : तीन दिनभित्र शैक्षिक कार्यक्रमको विवरण पेश गर्नू

काठमाडौं ।  चिकित्सा शिक्षा आयोगले प्रतिष्ठान, शिक्षण संस्था र विश्वविद्यालयहरूलाई आफूले सञ्चालन गर्ने चिकित्सा शिक्षासम्बन्धी शैक्षिक कार्यक्रमको विवरण ३ दिनभित्र पेश गर्न निर्देशन दिएको छ।

आयोगले आज एक सूचना जारी गर्दै शैक्षिक सत्रदेखि विश्वविद्यालय वा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदमध्ये कसका कार्यक्रम सञ्चालन हुने र नहुने कार्यक्रम विश्वविद्यालय वा परिषदबाट स्पष्ट रुपमा खुलाएर ३ दिनभित्र पेश गर्न भनेको हो।

कार्यक्रम सञ्चालन भएको शिक्षण संस्थामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्तर्फका प्रमाणपत्र तहका कार्यक्रम हालसम्म सञ्चालन भएका भए पनि विवरण पेश गर्न भनेको छ। 

प्रतिक्रिया दिनुहोस