नेपालगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताएका छन् ।
नेपाल प्रेस युनियन बाँकेले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा महतले भने, 'गठबन्धनको सम्भावनलाई नकार्न सकिँदैन । यस विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल हुन्छ । गठबन्धन गर्दा बढी सिट जितिन्छ भन्नेमा सहमति बन्यो र इच्छुक दलको उपयुक्त प्रस्ताव आयो भने गठबन्धन हुन्छ । प्रस्ताव कस्तो आउछ त्यसमा भरपर्छ । विनविन पोजिसनमा हुन सक्छ ।'
उनले हरेक पार्टीको लक्ष्य निर्वाचनमा सकेसम्म बढी सिट जित्ने भएकोले गठबन्धन गर्दा धेरै सिट जित्ने देखियो भने गठबन्धन हुने र त्यसको मोडेल केन्द्रले निर्धारण गर्ने पनि बताए ।
उनले नेपाली कांग्रेसका कार्यकर्ता अहिले गठबन्धन गर्न हुन्छ हुँदैन भन्ने बहसमा नअल्झन नहुने पनि बताए । 'गठबन्धनको बारेमा अहिल्यै जनतालाई भन्न जरुरी छैन । हामी सत्यमा, कानुनमा, नागरिक स्वतन्त्रतामा, मानव अधिकारमा, यथार्थमा विश्वास गर्ने, पारदर्शितामा विश्वास गर्ने पार्टी हो । हामीलाई विश्वास गर्नुस् भन्ने हो । कांग्रेसका प्रति गुनासो भए, विकासका समस्या भए भन्नुस् भन्ने हो,' उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ चैत्र २०७८, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिकेटका लागि सरकारले बजेट थप्छ : अर्थमन्त्री
अर्थमन्त्रीले भने - 'गृहले के आधारमा रिगलको आममाफी सिफारिस गर्यो ? मलाई थाहा छैन'
सरकारी संरचना समस्याग्रस्त हुदाँ अर्थतन्त्रमा सुधार हुन सकेन : अर्थमन्त्री महत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको स्थलगत अनुगमनमा पुगे अर्थमन्त्री महत
विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरसँग अर्थमन्त्रीको भेट
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनर्संरचना गरिने