काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिहरूलाई पुनः निर्वाचन उठ्नका लागि बेरुजु फस्र्यौट अनिवार्य रूपमा गर्नुपर्ने गरी आचारसंहिता जारी गरेपछि उनीहरूका नाममा अर्बौँ बेरुजु उठ्ने सम्भावना देखिएको छ ।
महालेखा परीक्षकको कार्यालयले गत वर्ष गरेको लेखापरीक्षणका क्रममा विभिन्न स्थानीय तहबाट ५ अर्ब ४४ करोड २९ लाख रुपैयाँ असुल गर्नुपर्ने बेरुजु रहेको औंल्याएको थियो ।
पालिकाको मुख्य नेतृत्वको हैसियतले आफ्नो पालिकामा रहेको बेरुजु फस्र्यौट गर्नुपर्ने दायित्व मेयर वा अध्यक्षको हो ।
निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने तह निर्वाचनलाई लक्षित गरी आचारसंहितासमेत जारी गरिसकेको छ ।
सो आचारसंहितामा हालका जनप्रतिनिधिहरू पुनः निर्वाचनमा सहभागी हुनका लागि यसअघि पालिकामा रहेको बेरुजु अनिवार्य रुपमा फस्र्यौट गर्नुपर्नै प्रावधान राखिएको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०६ चैत्र २०७८, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
निर्वाचनमा बालअधिकार उल्लंघन : अध्ययनले देखायो ३५० घटना
प्रत्यक्षतर्फ चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी, कहाँ को अगाडि ?
धनुषा-१ को निर्वाचन परिणाम घोषणा नगर्न आयोगको पत्र
७० स्थानमा रास्वपा अगाडि
जेनजी आन्दोलनपछिको प्रतिनिधि सभा निर्वाचन आज