बलिउडका यी लामा चुम्बन, जुन तिन मिनेट सम्मका थिए

एजेन्सी

विहीबार, ०३ चैत्र २०७८, ११ : ३७
बलिउडका यी लामा चुम्बन, जुन तिन मिनेट सम्मका थिए

एजेन्सी । बलिउड फिल्मको चर्चा हरेक ठाउँमा हुने गर्दछ । फिल्ममा रोमान्स हुनु कुनै नौलो कुरा होइन । बलिउडका केही फिल्म लामा चुम्बन दृश्यका कारण पनि चर्चामा आउने गर्दछन् ।

सन् २०१६ मा रिलिज फिल्म ‘फितूर’मा आदित्य रोय कपुर र कटरिना कैफको चुम्बन दृश्य सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो । फिल्मको यो चुम्बन दृश्य करिब तीन मिनेटको थियो ।

फिल्म ‘मर्डर’मा इमरान हासमी र मल्लिका शेरावतको चुम्बन दृश्य सायद कसैले बिर्सिएका छैनन् । उनीहरूले पनि यो फिल्ममा निकै लामो चुम्बन दृश्य दिएका थिए । ऋतिक रोशन र कटरिना कैफको फिल्म ‘जिन्दगी ना मिलेगी दोबारा’ मा उनीहरूको एक किसिङ दृश्य थियो । वास्तविक रुपमा यो दृश्य करिब तीन मिनेटको थियो । तर, निर्माताहरूले दृश्य लामो हुने भन्दै काटेका थिए ।

आमीर खान र करिश्मा कपुरको अभिनय रहेको फिल्म ‘राजा हिन्दुस्तानी’को एक चुम्बन दृश्य पनि लामो चुम्बन दृश्यमा समावेश छ । फिल्ममा एक रुखको मुनि पानी परिरहेको बेला आमीर र करिश्माले करिब डेढ मिनेटसम्म चुम्बन गरेका थिए ।

रणवीर सिंह र अनुष्का शर्माले फिल्म ‘बेण्ड बाजा बारात’मा झण्डै एक मिनेटको चुम्बन दृश्य दिएका थिए । अभिनेता हिमांशु रोय र अभिनेत्री देविका रानीले फिल्म ‘नागनकी रागिनी’मा करिब चार मिनेटको चुम्बन दृश्य दिएका थिए । त्यो समयमा यो फिल्म निकै विवादमा पनि आएको थियो ।

प्रतिक्रिया दिनुहोस