पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

सफल खबर संवाददाता

विहीबार, ०३ चैत्र २०७८, ०७ : ३३
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

काठमाडौं । नेपाल आयल निगमले पटक पटक  पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेकोप्रति मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी सम्बद्ध विद्यार्थी संगठन खखिल क्रान्तिकारीले विरोध गरेको छ।  

क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले एक विज्ञप्तिमार्फत पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन माग गरेका छन् । 

नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको थियो ।

जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटिर १५५, डिजेलको मूल्य प्रतिलिटर १३८ र मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पु¥याइएको छ ।

साथै, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २०० अमेरिकी डलर मूल्यवृद्धि गरिएको छ ।