बुटवल । माओवादी केन्द्रले चार महिना लगाएर लुम्बिनी प्रदेशमा पदाधिकारी टुंगो लगाएको छ । पार्टीभित्रको आन्तरिक किचलोका कारण अधिवेशन सकिएको चार महिनासम्म पदाधिकारी टुंगो लगाउन नसकेको माओवादी केन्द्रले अन्ततः सर्वसम्मत रुपमा पदाधिकारी टुंगो लगाएको हो ।
माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीको अधिवेशन गत २६ मंसिरमा सम्पन्न भएको थियो । दाङको भालुवाङमा भएको अधिवेशनले २१७ सदस्यीय प्रदेश कमिटी चयन गरेको थियो ।
माओवादी केन्द्रको प्रदेश समितिको कपिलवस्तुमा बसेको पहिलो बैठकले सुदर्शन बराललाई अध्यक्ष बनाउँदै पदाधिकारी चयन गरेको हो ।अधिवेशनकै बेला बराललाई अध्यक्ष बनाउने सहमति भएको थियो । प्रदेश समितिको बैठकले उपाध्यक्षमा दुर्गा थारु, नुमाकान्त न्यौपाने र बहादुर खत्रीलाई चयन गरेको छ भने सचिवमा कृष्ण अधिकारी, सहसचिवमा अकलबहादुर बम, पार्वती बिक, काशीराम यादव र कोषाध्यक्षमा निर्दोष अली चयन भएका छन् । बैठकले प्रदेश कार्यालय सचिवको जिम्मेवारी दिएको छ ।
नवनिर्वाचित पदाधिकारीहरुलाई माओवादी केन्द्रका नेता वर्षमान पुन, लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाललगायतले सपथग्रहण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ चैत्र २०७८, १७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीको दोस्रो जित, पोखरा पराजित
लुम्बिनीलाई जितका लागि पोखराले दियो १५१ रनको लक्ष्य
सुदूरपश्चिमले टस जित्यो, पहिला ब्याटिङ गर्दै लुम्बिनी
एनपिल : ब्याटिङ नचल्दा काठमाडौंसँग हार्यो लुम्बिनी
लुम्बिनीले टस जित्यो, काठमाडौँले पहिले ब्याटिङ गर्ने
एनपीएलमा लुम्बिनीले दियो कर्णालीलाई १५७ रनको लक्ष्य