बुटवल । माओवादी केन्द्रले चार महिना लगाएर लुम्बिनी प्रदेशमा पदाधिकारी टुंगो लगाएको छ । पार्टीभित्रको आन्तरिक किचलोका कारण अधिवेशन सकिएको चार महिनासम्म पदाधिकारी टुंगो लगाउन नसकेको माओवादी केन्द्रले अन्ततः सर्वसम्मत रुपमा पदाधिकारी टुंगो लगाएको हो ।
माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीको अधिवेशन गत २६ मंसिरमा सम्पन्न भएको थियो । दाङको भालुवाङमा भएको अधिवेशनले २१७ सदस्यीय प्रदेश कमिटी चयन गरेको थियो ।
माओवादी केन्द्रको प्रदेश समितिको कपिलवस्तुमा बसेको पहिलो बैठकले सुदर्शन बराललाई अध्यक्ष बनाउँदै पदाधिकारी चयन गरेको हो ।अधिवेशनकै बेला बराललाई अध्यक्ष बनाउने सहमति भएको थियो । प्रदेश समितिको बैठकले उपाध्यक्षमा दुर्गा थारु, नुमाकान्त न्यौपाने र बहादुर खत्रीलाई चयन गरेको छ भने सचिवमा कृष्ण अधिकारी, सहसचिवमा अकलबहादुर बम, पार्वती बिक, काशीराम यादव र कोषाध्यक्षमा निर्दोष अली चयन भएका छन् । बैठकले प्रदेश कार्यालय सचिवको जिम्मेवारी दिएको छ ।
नवनिर्वाचित पदाधिकारीहरुलाई माओवादी केन्द्रका नेता वर्षमान पुन, लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाललगायतले सपथग्रहण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ चैत्र २०७८, १७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
लुम्बिनीमा सचिवहरूको जिम्मेवारी हेरफेर
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
अर्जुन कुमालको शतकमा लुम्बिनीविरुद्ध गण्डकीको सहज जित