काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग जारी युक्रेन रुस युद्धबारे छलफल भएको छ।
दुबै नेताहरूले पछिल्लो समय विकसित कूटनीतिक संलग्नताहरूको समीक्षा गर्नुका साथै रुसलाई जवाफदेही बनाउने र युक्रेन सरकार र जनतालाई समर्थन गर्ने आ-आफ्ना प्रतिबद्धतालाई पुनः जोड दिएका छन।
राष्ट्रपति बाइडेनले आज फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग रूसको युद्ध फेरि छलफल गरेको ह्वाइट हाउसको विज्ञप्तिमा जनाइएको छ। गत फेब्रुअरी २४ मा रुसले युक्रेन विरुद्ध विशेष सैन्य कारबाही शुरु गरेको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ३० फागुन २०७८, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर
बाइडेन र नेतन्याहुबिच युद्धविराम र बन्धकहरूको रिहाइबारे वार्ता
बाइडेनको निर्णयले तनावपूर्ण बन्दै रुस-युक्रेन युद्ध
मोदी र बाइडेनबीच भेटवार्ता
इजरायली प्रधानमन्त्री नेतान्याहुप्रति बाइडेन असन्तुष्ट
गाजामा युद्धविरामबारे जो बाइडेनको चेतावनी