माओवादी जनयुद्धमा केन्द्रित भएर लेखिएको उपन्यास 'योद्धा' सार्वजनिक हुँदैं

सफल खबर संवाददाता

शनिबार, २८ फागुन २०७८, ०९ : ०८
माओवादी जनयुद्धमा केन्द्रित भएर लेखिएको उपन्यास 'योद्धा' सार्वजनिक हुँदैं

चितवन । माओवादी जनयुद्धलाई भावभूमि बनाई लेखिएको बहुप्रतीक्षित उपन्यास 'योद्धा' को सार्वजनिकीकरण हुने भएको छ ।

वर्गीय उत्पीडनसँग गहिरो साइनो राख्ने उक्त उपन्यास यही फागुन २८ गते शनिबार नारायणी नमुना मावि, भरतपुर, चितवनमा विमोचन हुने आयोजक संस्था चितवन साहित्य सङ्गमका अध्यक्ष प्रकाश चापागाईंले बताए ।

मूलतः जनपक्षमा लेखिने कृतिहरूलाई आफूहरूले उच्च महत्व दिने उनको कथन थियो । उपन्यासकार यदुनाथ भट्टराईकृत 'योद्धा' उनको पहिलो औपन्यासिक कृति भएको पनि चापागाईंले जानकारी दिए ।

उपन्यासकार भट्टराईले आफ्नो कृति उत्तरी लमजुङ र गोरखाको सेरोफेरोमा भीषण जनयुद्धताक घटेका घटनाको इतिवृत्त र युद्धको ऊहापोह भएको अवगत गराए । उपन्यासमा वरिष्ठ साहित्यकारद्वय महेश प्रसाई र डा. धनप्रसाद सुवेदीको भूमिका रहेको छ । भट्टराईले यसअघि नै निबन्ध सङ्ग्रह पाठकमाझ पस्किसकेका छन् भने कविता र कथाकृति प्रकाशनको तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस