काँग्रेस रौतहटको सभापतिमा सुनिल यादव जितेन्द्र विजयी

सफल खबर संवाददाता

मंगलबार, २४ फागुन २०७८, ११ : ३३
काँग्रेस रौतहटको सभापतिमा सुनिल यादव जितेन्द्र विजयी

काठमाडौं । नेपाली कांग्रेस रौतहटको १४ औं जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा सुनिल यादव जितेन्द्र  बिजयी भएका छन ।  निर्वाचन प्रक्रियामा एकजना जिल्ला सचीव बाहेक जितेन्द्र  पक्षका पुरै प्यानल बिजयी भएको हो।  

जिल्ला सभापति  पदका लागि अर्का प्रतिद्वन्दी हृदय नारायण राय यादव भन्दा तिनसय मत बढी ल्याएर  सुनिल  यादव जितेन्द्र बिजयी भएका हुन।  संस्थापन पक्षका जितेन्द्रले १३ सय ६२ मत प्राप्त गरेका छन भने शेखर कोईराला पक्षका हृदय नारायण राय यादवले कुल १ हजार ६२ मत प्राप्त गरेका छन । सभापति सुनिल यादव  पक्षबाट उपसभापतिमा धिरेन्द्र कुमार सिंह, राम लोचन साह कलवार,सचिवमा  राजेश कुमार चौधरी बिजयी भएका छन । अर्का सचिवमा हृदय नारायण पक्षका रामचन्द्र गिरि बिजयी भएको सभापति जितेन्द्रले जानकारी दिएका छन । एकजना सचिव गिरि बाहेक जितेन्द्र पक्षको पुरै प्यानल बिजयी भएका छन । जिल्ला  सभापति सहित कुल ९६ जना पदाधिकारी छान्न सोमबार निर्वाचनमा भएको थियो ।   खुल्ला सचीवमा थप एकजना उपेन्द्र यादवले पनि उम्मेदवारि दिएका थिए ।

सभापति सुनिल यादव जितेन्द्र  संबिधानसभा सदस्य हुन । उनी यस अघिको संसदिय निर्वाचन क्षेत्र ३ बाट निर्वाचित भएका थिए । रौतहट कांग्रेसको जिल्ला अधिवेशनमा कुल २ हजार पाँचसय ९० जना मतदाता रहेकोमा सोमबार गौर स्थित जुद्व माबिको प्रांगणमा भएको निर्वाचनमा कुल २५ सय १८ जनाले मतदान गरेको निर्वाचन मण्डलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस