संसद भवनमा ईश्वरको खोजी

पत्रपत्रिकाबाट

विहीबार, २७ बैशाख २०७५, ०७ : ०३
संसद भवनमा ईश्वरको खोजी

काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ईश्वर देखाउन सरकारसँग माग गरेका छन् । बुधबार सरकारले पेश गरेका तीन वटा अध्यादेशलाई अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका सुवालले संसदमा ईश्वरको खोजी गरेका हुन् ।

मुख्यतः सपथको भाषामा 'ईश्वरका नाममा सपथ खानेछु' भन्ने प्रावधानप्रति आपत्ति जनाउँदै सरकारले ईश्वर खोजिदिनुपर्ने माग गरेका हुन् । 'जब सपथमा देश र जनताको नाममा भनिसकेपछि ईश्वरको नाममा किन खानुपर्यो, जसलाई ईश्वर छ भन्ने विश्वास छ, त्यसले यहाँ छन् भनेर देखाउनुपर्यो, नत्र त्यो प्रावधान हटाउनुपर्यो', सुवालले संसदमा भने, 'नत्र सरकारले ईश्वर खोजेर ल्याइदिनु पर्यो ।' आजको नागरिकले समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस