युक्रेनमाथि गरेको आक्रमणको विषयलाई लिएर सिंगापुरले रुसमाथि प्रतिबन्धको घोषणा गरेको छ। सिंगापुरले रुसबाट हुने आयात सीमित पार्ने र केही रुसी बैंकमाथि पनि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
त्यसका साथै सिंगापुरले रुससँगको भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी कारोबार र रुसको केन्द्रीय बैंकलाई सहयोग गर्न सक्ने सबै वित्तीय संस्थानहरुलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
सिंगापुरका विदेशमन्त्री भिभियन कालाकृष्णनले यसअघि संसदमा बोल्दै सिंगापुरको लक्ष्य उचित प्रतिबन्ध लगाउने धेरै समान विचार भएका मुलुकसँग मिलेर काम गर्नु रहेको बताएका थिए।
सिंगापुर क्षेत्रीय छिमेकी मुलुकमा रुसमाथि प्रतिबन्धको घोषणा गर्ने पहिलो मुलुक हो। यद्यपि दक्षिण पूर्वी एसियाली मुलुकको संगठन ९आसियन०का केही मुलुकले रुसको कदमको निन्दा गरेका छन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २१ फागुन २०७८, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युरोपेली संघद्वारा रुसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह