युक्रेनमाथि गरेको आक्रमणको विषयलाई लिएर सिंगापुरले रुसमाथि प्रतिबन्धको घोषणा गरेको छ। सिंगापुरले रुसबाट हुने आयात सीमित पार्ने र केही रुसी बैंकमाथि पनि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
त्यसका साथै सिंगापुरले रुससँगको भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी कारोबार र रुसको केन्द्रीय बैंकलाई सहयोग गर्न सक्ने सबै वित्तीय संस्थानहरुलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
सिंगापुरका विदेशमन्त्री भिभियन कालाकृष्णनले यसअघि संसदमा बोल्दै सिंगापुरको लक्ष्य उचित प्रतिबन्ध लगाउने धेरै समान विचार भएका मुलुकसँग मिलेर काम गर्नु रहेको बताएका थिए।
सिंगापुर क्षेत्रीय छिमेकी मुलुकमा रुसमाथि प्रतिबन्धको घोषणा गर्ने पहिलो मुलुक हो। यद्यपि दक्षिण पूर्वी एसियाली मुलुकको संगठन ९आसियन०का केही मुलुकले रुसको कदमको निन्दा गरेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २१ फागुन २०७८, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसले गर्यो विश्वकै पहिलो ‘न्यूक्लियर पावर्ड’ क्रुज मिसाइल परीक्षण
गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस
रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
रुसले गर्यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण