केन्द्रीय समिति बैठक

माओवादी बैठक : एमसीसीको विषय प्रवेश, अल्पमतलाई स्थान दिने प्रचण्डको स्पष्टोक्ति

सफल खबर संवाददाता

शुक्रबार, २० फागुन २०७८, १६ : २३
माओवादी बैठक : एमसीसीको विषय प्रवेश, अल्पमतलाई स्थान दिने प्रचण्डको स्पष्टोक्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले आगामी स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनसँगै हुन सक्ने बताएकी छन् ।

आफ्नो पार्टीको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आगामी चुनावसम्म यहि गठबन्धन कायम रहने र ठोस निर्णय भने हुन बाँकी रहेको बताइन् । 

पार्टीभित्रका फरक मत र विचारलाई छलफलमार्फत टुंग्याउने उनको विश्वास छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको विषयलाई लिएर पार्टीभित्र उत्पन्न भएको फरक मत र विचारलाई केन्द्रीय समिति बैठकमा छलफल गरेर निकास निकाल्ने घर्तीको भनाइ छ ।

एमसीसी व्याख्यात्मक घोषणासहित  प्रतिनिधिसभाबाट अनुमोदन भएको विषय पनि बैठकको एजेन्डाको रुपमा प्रस्तुत भएको उनले जानकारी दिइन् ।बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र अल्पमतको विचारको पनि कदर हुने बताएको घर्तीले जानकारी दिइन् । असन्तुष्ट समूहले खुला रूपमा विचार राख्न पनि प्रचण्डले आग्रह गरेको उनले जानकारी दिइन् । 
 

प्रतिक्रिया दिनुहोस