कोरोना अपडेट :थप १२६ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्‍यु

सफल खबर संवाददाता

शुक्रबार, २० फागुन २०७८, १५ : ०२
कोरोना अपडेट :थप १२६ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी १२६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ७ हजार २४२ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ७ हजार ९९ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ५४ जना आईसीयू र १० जना भेन्टिलेटरमा उपचाररत् छन् ।