काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा उमेर पुगेका प्रत्येक व्यक्तिलाई मतदानमा सहभागी हुन आह्वान गरेका छन्।
मध्यपुरथिमि ४ बालकुमारीमा (हिजो) बिहीबार नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आयोजना गरेको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उनले राजनीतिदेखि विरक्तिएर भोट हाल्न जान्न भन्ने मानसिकता नराख्न युवा वर्गलाई आग्रह गरे।
पाँच वर्षका लागि चुनाव जितेको तत्कालीन नेकपाले सरकार चलाउँदा केपी शर्मा ओलीले अब ५० वर्ष नेकपाको सरकार भन्ने तर तीन वर्ष पनि सरकार चलाउन नसक्ने भन्दै उनले ओलीले अहिले पनि दादागिरी प्रस्तुत गरेको टिप्पणी गरे।
नेकपाकै सरकार रहेको बेलामा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बूढानीलकण्ठमा गएर सरकार बुझाएपछि देशका लागि कांग्रेसले सरकारको नेतृत्व गर्नुपरेको उनको भनाइ थियो।
उनले एमालेतर्फ लक्षित गर्दै सिंहदरबारमा ढङ्ग नपुग्दा र समृद्धिको भात पकाउन परिपक्वता नहुँदा काँचो बनेको टिप्पणी गर्दै कांग्रेसले कुनै पनि विषयमा राष्ट्रघात नगर्ने बताए। एमसीसी राष्ट्रघात हो भन्ने कुरा बेकार हो भन्दै उनले कांग्रेसले कहिल्यै राष्ट्रघात गर्न नसक्ने बताए। कुनै पनि देशको सैन्य रणनीति नेपाललाई स्वीकार्य नहुने बताउँदै उनले एमसीसीमा सैन्य रणनीति नरहेको प्रष्ट पारे। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २० फागुन २०७८, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा
चुनावपछि काँग्रेस पहिलो पार्टी बन्ने विश्वप्रकाश शर्माको दाबी
‘पहिलो हुने दलको प्रधानमन्त्रीलाई पूरै ५ वर्ष सरकार चलाउने सुनिश्चितता गरौँ’ : विश्वप्रकाश शर्मा