युक्रेनमा रुसी हमलाः ४९८ रुसी सेना मारिए

एजेन्सी

विहीबार, १९ फागुन २०७८, ११ : ००
युक्रेनमा रुसी हमलाः ४९८ रुसी सेना मारिए

किभ । युक्रेनमाथि भएको हमलामा ४९८ रुसी सेना मारिएका छन् । युक्रेन हमलामा आफ्ना ४९८ सुरक्षाकर्मी मारिएको रुसी रक्षा मन्त्रालयले जनाएको हो । रुसले पहिलो पटक आफ्नो तर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको हो ।

तर, युक्रेनले रुसले सार्वजनिक गरेको तथ्यांक भन्दा बढी रुसी सेना मारिएको दाबी गरेको छ ।रुसी हमलामा ठूलो संख्यामा सर्वसाधारणको हताहति भएको युक्रेनले जनाएको छ ।

बुधबारको तथ्यांक अनुसार रुसी सेनाको आक्रमणमा ३५२ सर्वसाधारण मारिएका छन् । यसैबीच दक्षिणी मारिउपोलमा भएका हमलामा सयौं हताहत भएको सो सहरका मेयरले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस