काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। यद्यपि बिहीबार दिउँसो र राति पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहान भने पहाडी भूभागमा आंशिक बदली छ । भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाले भनेको छ, ‘दिउँसो सुदुरपश्चिम, कर्णाली तथा प्रदेश १ को पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ ।’
तर, सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरूमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ।
यस्तै राति पनि देशको पहाडी तथा हिमाली भूभागमा सामान्य बदली हुँदा पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ फागुन २०७८, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : धेरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना