काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न अवसरहरुमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । सोहि कार्यलाई निरन्तरता दिदै हिन्दुहरुको महान पर्व महाशिवरात्रिको पावन अवसरमा बैंकको पोखरा, लेकसाइड शाखाले पोखरा महानगरपालिका वडा नं. ६ मा अवस्थित केदारेश्वर महादेव मन्दिरमा शिविर संचालन गरेको छ ।
महाशिवरात्रिलाई लक्षित गरी केदारेश्वर मन्दिरमा पाल्नुभएका व्रतालु तथा भक्तजनहरुलाई दर्शन गर्न सहज होस् भन्ने हेतुले उक्त शिविर संचालन गरिएको पोखरा, लेकसाइड शाखाका शाखा प्रवन्धक नवराज भण्डारीले बताए । केदारेश्वर म्न्दिर दर्शन गर्न पुगेका दर्शालु तथा भक्तजनहरले बैंकले गरेको यस पुण्य कार्यको सराहना गर्दै खुसी व्यक्त गरेका थिए ।
महाशिवरात्रिमा केदारेश्वर मन्दिर पाल्नुभएका करिब पाँच हजार व्रतालु तथा भक्तजनहरलाई चिया, फलफुल तथा पानी वितरण गरिएको छ । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई अझै प्रभावकारी रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ फागुन २०७८, १६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरु
महालक्ष्मी विकास बैंकले ३ प्रतिशत बोनस सेयर वितरण गर्ने
महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाई केन्द्रलाई सहयोग
महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य
महालक्ष्मी विकास बैंक र जे.बी अटोमोटिभ कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर