काठमाडौं । धरानको बुद्धचोकस्थित एक होटलमा महिलाको शव फेला परेको छ । धरान स्थित न्यू कान्तिपूर होटल एन्ड गेस्ट हाउसको कोठामा महिलाको शव फेला परेको हो ।
मंगलबार बिहान कोठा सफा गर्न गएका बेला होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । होटल सञ्चालक सुशील जिमीका अनुसार दुई दिनदेखि ती महिलासँगै एक जना पुरुष होटलको कोठा बुक गरेर बसेका थिए । बिहान सरसफाइ गर्ने क्रममा ढोकाको चुकुल नलगाएको देखेर कोठमा छिरेका कर्मचारीहरूले बेडमा सुतेकै अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सोमबार बेलुकासम्म महिलासँगै एक पुरुष पनि सँगै बसे पनि बिहान भने ती पुरुष थिएनन् । फरार रहेका ती पुरुष र मृतक महिलाबीचको सम्बन्ध खुल्न सकेको छैन । मृतकको सनाखत भने हुन सकेका छैन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ फागुन २०७८, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बेवारिसे शव भेटियो
धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला
सिरहामा पुरुषको शव फेला, हत्याको आशंका
कोठाभित्र युवतीको शव भेटियो
उदयपुरमा दुई जनाको शव फेला
रुसद्वारा १२०० युक्रेनी सैनिकहरूको शव फिर्ता