धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन् । कैलालीका उत्सवले सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहेका दार्चुलाका मानबहादुर धामी (सन्तोष) लाई हराएका हुन् ।
चौधरी राष्ट्रियसभा सदस्य पनि हुन् । कुल २१० मत खसेकोमा चौधरी ११४ मत र धामीले ९३ मत पाएका हुन् । उपाध्यक्षमा अक्कल रावल, मानसिंह माल र रणबहादुर कुँवर विजयी भएका छन् ।
त्यस्तै सचिवमा जनक बुढा निर्वाचित भएका छन् भने सहसचिव नन्दबहादुर साउँद (राजेन्द्र) रामबहादुर देवकर र अन्जिता श्रेष्ठ चयन भए । कोषाध्यक्षमा कमलकुमारी शाह (शाही) विजयी भएकी छन् । माओवादी केन्द्र सुदूरपश्चिमले अधिवेशन उद्घाटनको तीन महिनापछि निर्वाचनबाट नयाँ नेतृत्व पाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ फागुन २०७८, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका सर्प दंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगीक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण