धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन् । कैलालीका उत्सवले सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहेका दार्चुलाका मानबहादुर धामी (सन्तोष) लाई हराएका हुन् ।
चौधरी राष्ट्रियसभा सदस्य पनि हुन् । कुल २१० मत खसेकोमा चौधरी ११४ मत र धामीले ९३ मत पाएका हुन् । उपाध्यक्षमा अक्कल रावल, मानसिंह माल र रणबहादुर कुँवर विजयी भएका छन् ।
त्यस्तै सचिवमा जनक बुढा निर्वाचित भएका छन् भने सहसचिव नन्दबहादुर साउँद (राजेन्द्र) रामबहादुर देवकर र अन्जिता श्रेष्ठ चयन भए । कोषाध्यक्षमा कमलकुमारी शाह (शाही) विजयी भएकी छन् । माओवादी केन्द्र सुदूरपश्चिमले अधिवेशन उद्घाटनको तीन महिनापछि निर्वाचनबाट नयाँ नेतृत्व पाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ फागुन २०७८, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगीक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै