वीरेन्द्रनगरमा कर्फ्यू आदेश

सफल खबर संवाददाता

सोमबार, १६ फागुन २०७८, २१ : ०५
वीरेन्द्रनगरमा कर्फ्यू आदेश

सुर्खेत । वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी भएको छ । एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोमबार साँझ वीरेन्द्रनगरमा एमसीसी विरोधमा प्रदर्शन गरिएको थियो । प्रदर्शनको क्रममा राजनीतिक दलका पार्टी कार्यालयहरुमा आगजनी गरिएको थियो । प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्न राजमार्गको ५०० मिटर क्षेत्रसम्म कर्फ्यू लगाएको छ ।

प्रतिक्रिया दिनुहोस