सानिमा बैंकद्वारा १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण

सफल खबर संवाददाता

सोमबार, १६ फागुन २०७८, १३ : ०७
सानिमा बैंकद्वारा १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौँ । सानिमा बैंकले सानिमा दीर्घायु बचत खाताअन्तर्गत दीर्घायु तलब बचत खातावालाको परिवारलाई रु १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ।बैंकका धनगढी शाखाका खातावाला गणेशप्रसाद ओझाको दुर्घटना भई मुत्यु भएकोले उनको हकवाला श्रीमती कमली पन्त ओझालाई सानिमा दीर्घायु तलब बचत खाताअन्तर्गत रु १० लाख दुर्घटना बीमा रकम प्रदान गरिएको हो।
 

बीमा रकम सानिमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख मेघराज खड्का र बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख घनश्याम जोशीले संयुक्त रुपमा हस्तान्तरण गरेका छन्।सानिमा बैंकले दीर्घायु बचत योजनाअन्तर्गत रु १० लाखको दुर्घटना बीमा, रु ३ लाखसम्मको ६ जटिल रोगको उपचार बीमा, रु ५० हजारसम्मको औषधोपचार बीमा, रु १० हजार बराबरको ओपीडी सेवा र रु ५ हजारसम्मको स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ।
 

सानिमा बैंकको देशका सातै प्रदेशमा १२३ वटा कार्यालय तथा १०३ वटा एटीएम सञ्चालनमा रहेका छन्। 

प्रतिक्रिया दिनुहोस