संसद भवन अगाडिको शंकास्पद वस्तु निष्क्रिय पारियो

सफल खबर संवाददाता

सोमबार, १६ फागुन २०७८, १२ : ५६
संसद भवन अगाडिको शंकास्पद वस्तु निष्क्रिय पारियो

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।

नयाँ वानेश्वरको मुख्य सडकमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो । उक्त शंकास्पद प्रेसर कुकुर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ  ।शंकास्पद वस्तु निष्क्रिय पारिसएसँगै बन्द भएको मुख्य सडक खोल्ने तयारी गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस