टी–ट्वान्टी महिला च्याम्पियनसिपको फाइनल खेल आज हुँदै

सफल खबर संवाददाता

सोमबार, १६ फागुन २०७८, १२ : २७
टी–ट्वान्टी महिला च्याम्पियनसिपको फाइनल खेल आज हुँदै

काठमाडौं । दोस्रो संस्करणको ललितपुर मेयर्स कप टी-ट्वान्टी महिला च्याम्पियनसिपको फाइनल खेल आज सोमबार हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे हुने फाइनलमा एपीएफ क्लब र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । आजै दुबै टोली उपाधि जित्ने योजनासहित मैदान उत्रने छन् ।

पाँच टोली सहभागी प्रतियोगितामा एपीएफ शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । एपीएफले ४ खेलमा ४ जितसहित ८ अंक जोडेको थियो । सुदुरपश्चिमले ४ खेलमा ३ जितसंहि ६ अंक जोड्यो, दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो ।

गत वर्ष पनि फाइनलमा एपीएफ र सुदुरपश्चिम भिडेका थिए । त्यस फाइनलमा सुदुरलाई ८ विकेटले हराएर एपीएफले उपाधि जितेकोथियो ।

प्रतिक्रिया दिनुहोस