माइक्रो र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु,

सफल खबर संवाददाता

सोमबार, १६ फागुन २०७८, ११ : ४७
माइक्रो र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु,

काठमाडौं । दाङमा हाइस माइक्रोबस र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् । गए राति तुलसीपुर उपमहानगरपालिका–१८, दूधरासमा उक्त दुर्घटना भएको थियो ।

दुर्घटनामा तुलसीपुर उपमहानगपालिका–१८, मनिकापुरका २१ वर्षीय रेशम चौधरीको मृत्यु भएको हो । उनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जनाइएको छ ।
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको बा३ख ८६४३ नम्बरको माइक्रो र विपरीत दिशाबाट आएको हाल नम्बर नखुलेको मोटरसाइकल आपसमा ठोक्किएका थिए । माइक्रोका चालक तुलसीपुरका २६ वर्षीय करण परियार, माइक्रोमा सवार कमल परियार र मोटरसाइकलका चालक रमेश वली घाइते छन् । घाइतेहरूलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज पठाइएको छ ।

गए राति करिब ९ बजे भएको उक्त सवारी दुर्घटनालगत्तै मोटरसाइकलको ट्यांकी अचानक पड्किएर आगो लाग्दा मोटरसाइकल जलेर नष्ट भएको छ । आगोले माइक्रोमा समेत क्षति पुगेको छ । 

प्रतिक्रिया दिनुहोस