सुन्धारामा सार्वजनिक सवारी तोडफोड

सफल खबर संवाददाता

सोमबार, १६ फागुन २०७८, ११ : २८
सुन्धारामा सार्वजनिक सवारी तोडफोड

काठमाडौं  । बन्दकर्ताले सुन्धारास्थित काठमाडौं मल अगाडी सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । नेपाल बन्द आयोजना  गर्नेहरुले ढुंगा हानेर दक्षिणकाली चोभार यातायातको गाडी तोडफोड भएको छ  । मोटरसाइकलमा आएकाहरूले गाडीमा ढुंगा हानेर भागेका थिए । ढुंगा प्रहारबाट बा३ख ११५८ नम्बरको बसमा सामान्य क्षति पुगेको छ ।


मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार बन्दको आह्वान गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९मसाल० र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् । 
 

प्रतिक्रिया दिनुहोस