एमसिसी राम्रो उद्देश्यले आएको छ, हाम्रो समर्थन छ – महन्थ ठाकुर

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, १३ : ४१
एमसिसी राम्रो उद्देश्यले आएको छ, हाम्रो समर्थन छ – महन्थ ठाकुर

काठमाडौ । लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले आफूहरू एमसिसीको पक्षमा रहेको बताए ।एमसिसीमाथिको छलफलमा भाग लिँदै उनले एमसिसी राम्रो उद्देश्यले आएकाले आफूहरूले समर्थन गर्ने बताए ।

सात दशकदेखि अमेरिकाले सहयोग गर्दै आएको उनको भनाइ छ । अमेरिकाले सबै क्षेत्रमा सहयोग गर्ने गरेको उनको भनाइ छ ।गरिबीलाई कम गर्ने र सर्वसाधारणको जीवनस्तर सुधार्ने राम्रो उद्देश्य लिएर आएको छु उनले भने ।

 

प्रतिक्रिया दिनुहोस