खल्तीबाट नेशनल लाइफको बीमा प्रिमियम भुक्तानीमा क्यासब्याक अफर

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, १४ : ४९
खल्तीबाट नेशनल लाइफको बीमा प्रिमियम भुक्तानीमा क्यासब्याक अफर

काठमाडौँ । खल्तीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकहरुलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा ल्याएको छ। उक्त सुविधामा १० प्रतिशत क्यास ब्याकको अफरसमेत खल्तीले सार्वजनिक गरेको छ।

समय सीमाको कारणले जरिवाना तिर्ने वा कार्यालय जान समय निकाल्न पर्ने स्थितिको विचार पुर्‍याउँदै ल्याइएको उक्त सेवाले तुरुन्तै बिल भुक्तानीलाई सजिलो बनाउने विश्वास गरिएको छ। प्रयोगकर्ताले १० प्रतिशत क्यास ब्याक ९रू१०० सम्म० पाउनका लागि प्रोमो कोड ल्ब्त्क्ष्इल्ब्ीज्ञण्ण् प्रयोग गरी प्राप्त गर्न सक्ने खल्तीले जनाएको छ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क ‘खल्ती’ बाट तिर्न ‘खल्ती’ एप लग–इन गरी ‘इन्स्योरेन्स’ आइकनमा ट्याप गर्ने, ‘नेशनल लाइफ इन्स्योरेन्स’ सेलेक्ट गर्ने, ‘म्इद्य’ र ‘एयष्अिथ ल्गmदभच’ भर्ने र विवरणहरू प्राप्त गर्न ट्याप गर्नुपर्नेछ। त्यसपछि सम्पूर्ण विवरण दाखिला गरी ‘प्रोसिड टु पे’ मा क्लिक गर्नुपर्नेछ।

रु ५ हजारमाथिको नवीकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरिफाई गराएको हुनुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस