चोरीको मोटरसाइकल र गाँजासहित चार युवक पक्राउ

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, १४ : ३५
चोरीको मोटरसाइकल र गाँजासहित चार युवक पक्राउ

काठमाडौ । छुट्टाछुट्टै घटनामा संलग्न चारजना युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुईजना युवक लागूऔषध गाँजासहित पक्राउ परेका हुन्। थप दुईजनालाई मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ गरिएको छ।लागुऔषध गाँजासहित ब्रहम्पुरी गाउँपालिका–४ का २० वर्षीय तमने साह र १८ वर्षीय मोहम्मद शेराजलाई पक्राउ गरिएको हो । 

शनिबार राति सर्लाहीको लालबन्दी नगरपालिका–२ जुटपानी नहरस्थित नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई प्रहरीको गस्ती टोलीले चेकजाँच गर्दा चामलको बोराभित्र लुकाईछिपाई राखेको ९ किलो ४०० ग्राम लागुऔषध गाजा बरामद भएको सर्लाही प्रहरीले जनाएको छ।त्यस्तै गएराति सर्लाहीको बाग्मती नगरपालिका–९ स्थित ज ६ प २६०४ नम्बरको मोटरसाइकल हराएको सूचना पाएपछि प्रहरीले खोजतलास गर्ने क्रममा सोही वडाको शंकरपुरस्थित जङ्गलमा लुकाई राखिएको अवस्थामा मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले बताए ।

पक्राउ पर्नेमा स्थानीय १९ वर्षीय विनोद महत्तो र १८ वर्षीय अनिलकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस