प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, १४ : १८
प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ

 काठमाडौ । प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे भनिएपनि सुरु हुन ढिलाइ भएको छ।  दिउँसो २ बज्दासम्म बैठक सुरु हुन नसकेको छैन ।  दिउँसो २ बजे प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेका छन् । अन्य सांसदहरु पनि संसद भवन पुग्ने क्रम जारी छ । यही बीचमा पार्टीहरूको आन्तरिक बैठक चलिरहेको छ । 

सत्ता गठबन्धनमा आजै एमसीसी व्याख्यात्मक विश्लेषणसहित पारित गर्ने सहमति भएको थियो ।  

प्रतिक्रिया दिनुहोस