काठमाडौँ । यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा। जितेन्द्र कंडेलले पाएका छन्।
२४ औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवस स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले एक लाख रासीको यो पुरस्कारबाट उनलाई सम्मान गरेका हुन्। डा कंडेल बेनी अस्पतालका मेडिकल अधिकृत हुन्।यस्तै ५० हजार राशीको स्वास्थ्य सेवा पुरस्कारबाट चार स्वास्थ्यकर्मी पुरस्कृत भएका छन्।
पुरस्कृत हुनेमा बाजुरा अस्पतालकी अनमी धनकला थापा, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतका ल्याव टेक्निसियन निरीक्षक ओम आचार्य, प्रादेशिक अस्पताल गौरका रामप्रवेश साह, ल्याव टेक्निसियन र चतरा प्राथमिक स्वास्थ्य केन्द्रका सीअहेव योगेन्द्र कट्टेल रहेका छन्।
यस्तै दिवसकै अवसरमा १० जनालाई स्वास्थ्य सेवा सम्मान दिइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, १२ : ५७
लेखकबाट थप