संसद बैठक बस्दै, एमसिसीमा छलफल केन्द्रित हुने

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, ०८ : ०६
संसद बैठक बस्दै, एमसिसीमा छलफल केन्द्रित हुने

काठमाडौं । आज बस्ने संसद् बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे छलफल हुने भएको छ । संघीय संसद् सचिवालयले प्रकाशन गरेको कार्यसूचीमा एमसीसी सम्झौताबारेमा छलफल अघि बढाउने उल्लेख गरिएको छ ।

आज बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने पहिलो कार्यसूची रहेको छ भने दोस्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकारबीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ ।

यसैबीच, प्रतिनिधिसभाको बैठकअघि बिहान साढे ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएका छन् । 

प्रतिक्रिया दिनुहोस