काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रहेको छ भने लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।
यस्तै दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागहरुमा आंशिक बदली रहने महाशाखाको भनाइ छ।
यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भूभागहरुका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज देशभरको मौसम कस्तो रहला ?
आजको मौसम : यी स्थानमा चट्याङसहित वर्षा, हावाहुरीको सम्भावना
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?