काठमाडौं । विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा आज शान्ति दीप प्रज्ज्वलन गरिएको छ । रुसी आक्रमणका कारण युक्रेनमा भइरहेको युद्ध, हत्या, हिंसा र बमबारीले सिङ्गो संसार आक्रान्त भइरहेको भन्दै लुम्बिनीका स्थानीयवासीले आज १०८ दीप प्रज्ववलन र शान्ति प्रार्थना गरेका हुन् ।
विश्व शान्तिको मुहान् लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा भेला भएका स्थानीय नागरिक, पर्यटन व्यवसायी तथा भिक्षु–भिक्षुणीले युक्रेनमा भइरहेको भयानक युद्धको अन्त्य र सिङ्गो मानव जगत्को रक्षाका लागि दीप प्रज्ज्वलन तथा शान्ति पाठ गरेका लुम्बिनीका पर्यटन व्यवसायी लीलामणि शर्माले जानकारी दिनुभयो ।
उनीहरूले हत्या, हिंसा र युद्धको स्थिति संसारभरबाट सदाका लागि अन्त्य होस् भन्ने कामना गरेका थिए । सो अवसरमा उनीहरूले रुस र युक्रेनबीच उत्पन्न तनावले संसारभरिका नागरिक आक्रान्त भएको, अशान्ति छाएको र चिन्ता थपिएको भन्दै जारी युद्ध तत्काल अन्त्य गरी वार्ता र संवाद थाल्न आग्रह गरे ।
उनीहरूले यस्ता युद्ध तथा अशान्ति सिर्जना भएका मुलुकहरूका बीच शान्ति वार्ता गर्न विश्व शान्तिको मुहान् लुम्बिनी सबैभन्दा उपयुक्त स्थान हुने भएकाले शान्ति वार्ता र छलफलका लागि लुम्बिनी रोज्न विश्व समुदायलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ फागुन २०७८, २० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दियो लामो दुरीको मिसाइल
अमेरिकाको तल्लो सदनमा युक्रेनलाई ६१ अर्ब डलरको राहत प्याकेज पारित
युक्रेनका प्रधानमन्त्रीको चेतावनी– हामीले हार्यौँ भने तेस्रो विश्वयुद्ध हुन्छ
युक्रेनसँगको युद्धमा ५० हजार रुसी सैनिक मारिएको बीबीसीको दाबी
जेलेन्स्कीले भने, ‘युक्रेनमा क्षेप्यास्त्र सकिन लाग्याे, सहयोग चाहियो’
युक्रेनमा रुसको हवाई हमला– ४ जनाको मृत्यु, ११ घाइते