काठमाडौंमा ढाकियो थोत्रा गाडीले सरकारी कार्यालयको परिसर (फोटोफिचर)

सफल खबर संवाददाता

शनिबार, १४ फागुन २०७८, ११ : ३७
काठमाडौंमा ढाकियो थोत्रा गाडीले सरकारी कार्यालयको परिसर (फोटोफिचर)

काठमाडौं । विभिन्न कामका लागि ल्याइएका महँगा गाडी विग्रेपछि सरकारी कार्यालयका पार्किङमा थुप्रिएका छन् ।

मर्मत गरेर चलाउन सकिने अवस्थाका गाडि मर्मत नगरि नयाँ गाडी खरिद गर्ने र यसरी खरिद गर्दा कमिसन आउने लोभमा गाडी थन्क्याइन्छन् । सरकारी कार्यालयका परिसरमा मा वर्षौंदेखि सवारी साधन थन्किँदा कार्यालय थोत्रा गाडिका ग्यारेजजस्तै बनेका छन् ।

केही बर्षअघिसम्म सिंहदरवार परिसरमा बग्रेल्तै देखिने केही पुराना गाडी हटाइए पनि सिंहदरवार बाहिरका सरकारी कार्यालयमा पुराना गाडी अझैं देखिन्छन् । पार्किङ र खुला ठाँउमा राखिएका यस्ता गाडी झारपातले ढाकिएका छन् ।

कार्यालय परिसरको कुनामा थुप्रिएका धुलाम्मे साइकल, मोटरसाइकल र जीप कारले परैबाट जिस्काइरहेका जस्तो देखिन्छ । ती वर्षौंदेखि थन्किएका गाडि मक्किएर, सडेर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

राजधानीको पुल्चोकस्थित सरकारी विभाग, कार्यालयहरु, बानेश्वरस्थित यातयात विभाग परिसर, सडक विभाग र सिंहदरवार परिसरमा थन्किएका गाडिको तश्विर संकलन गर्नुभएको फोटो सामग्रि शनिवारको फोटो फिचरमा ।

प्रतिक्रिया दिनुहोस