देउवा–ओली वार्ता सकियो, छलफल गर्दै अघि बढ्ने सहमति

सफल खबर संवाददाता

शुक्रबार, १३ फागुन २०७८, २१ : २६
देउवा–ओली वार्ता सकियो, छलफल गर्दै अघि बढ्ने सहमति

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भएको वार्ता सकिएको छ । प्रतिनिधि सभाको अवरोध हटाउने र एमसीसी अनुमोदन गर्ने विषयमा दुबैतर्फी भेटवार्ता भएको थियो । अध्यक्ष ओली निवास बालकोटमा शुक्रबार राति भएको छलफलमा सहमति गर्दै अघि बढ्ने निर्णय भएको छ । 

प्रधानमन्त्री देउवाले सवैको सहमतिमा एमसीसीलाई अनुमोदन गर्न प्रस्ताव गरेका थिए । त्यसका लागि अध्यक्ष केपी ओलीले पुरानै कुरा दोहोर्याएका थिए । ‘पहिला हामीलाई संसदमा प्रवेश गर्ने वातावरण बनाउनुस्,प्रतिनिधि सभा प्रवेश गर्ने द्वार खोजिदिनुस्’, ओलीको जवाफ उदृत गर्दै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । 

एमसीसी संसदबाट अनुमोदन गरेर राष्ट्रिय महत्वका विषयमा एक ठाउँ छौ भनेर सन्देश दिन जरुरी रहेको बताएका थिए । छलफलपछि एमाले नेता तथा उपमहासचिव प्रदीप ज्ञवालीले एमाले एमाले एमसीसीमा अनिर्णित नरहने तर त्यो भन्दा अघि आफुहरुले कारवाही गरेका १४ सांसदको सुचना सभामुखले टाँस गर्नुपर्ने अडान छलफलमा पनि राखेको बताए ।  

प्रतिक्रिया दिनुहोस